-
भदौ १७, सिन्धुली/शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका प्रमुख निर्मलकुमार घिमिरेले सिकाइ भनेको पुस्तक पढ्ने मात्र नभएको बताउनुभएको छ । कमलामाई नगरपालिका–६ पानिट्याङ्कीस्थित आधुनिक इङ्लिस बोर्डिङ हाइ स्कुलले आयोजना गरेको ‘बुवाको मुख हेर्ने तथा आमालाई दर खुवाउने ’ कार्यक्रममा प्रमुख घिमिरेले पुस्तकको पाना मात्रै पढेर सिकाइ पूरा नहुने बताउनुभएको हो ।
“सिकाइले त हामीलाई रिडिङ, राइटिङ र अर्थमेटिक मात्रै सिकाउँछ । एउटा मानिसले सिक्नुपर्ने भनेको उसको जीवनयापन गर्न सम्पूर्णतामा के कुरा चाहिन्छ । त्यो कुरा विद्यार्थीहरुले सिक्नुपर्छ । यस्ता कुराहरु ठाउँ, समय, देश, काल र परिस्थितिअनुसार फरक हुन्छन् । हाम्रो नेपालको परिवेश नै छुट्टै छ,” उहाँले भन्नुभयो ।
हाम्रा बालबालिकाहरु हाम्रो परिवेशअनुसार हुर्किनुपर्ने र हाम्रै परिवेशमा जीवनयापन गर्ने भएकोले नेपालीको धर्म, संस्कृति, परम्पराहरु विद्यार्थीलाई मनाउन लगाए मात्रै वास्तविक तथा व्यावहारिक ज्ञान आर्जन गर्न सकिने प्रमुख घिमिरेले बताउनुयो । विद्यार्थीमा भाइचारा सम्बन्ध विस्तार, ज्ञान, सीप अभिवृद्धि गर्न यस्ता किसिमका कार्यक्रमले योगदान गर्ने उहाँको भनाइ थियो ।
उहाँले पछिल्लो समय विद्यार्थीहरुमा विदेशमोह बढेको बताउनुभयो ।अभिभावकलाई अनुरोध गर्नुहुँदै प्रमुख घिमिरेले “हामीले हाम्रा बालबालिकालाई हाम्रै परिवेशमा हुर्किन दिनुपर्छ“ भन्नुभयो । “बच्चाहरु मेसिन हैनन्, प्रकृतिका अनुपम उपहार हुन् । सबै बालबालिकाको क्षमता फरक हुन्छ । आफ्नो बालबालिकालाई डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने जबरर्जस्ती नगर्नुहोला,” उहाँले थप्नुभयो ।
आधुनिक इङ्लिस बोर्डिङ हाइ स्कुलकी सञ्चालक तुलसाकुमारी श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । उक्त स्कुलका प्रधानाध्यापक भानुभक्त गुरुङले आफ्नो विद्यालयमा संस्कारसहितको शिक्षालाई निरन्तरता दिइरहेको बताउनुभयो । नेपालीहरुको संस्कार र स्कृतिको लोप हुने अवस्थामा रहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
विद्यार्थीहरुले आफैंले सिर्जना गरेका बुवाप्रति समर्पित कविता वाचन गरेका थिए । त्यस्तै अभिभावकले आफ्ना बालबालिकाहरुलाई खाजामा जंगफुड तथा फास्टफुड पठाउँदा उत्पन्न हुने समस्याको विषयमा विद्यार्थीहले जनचेतनामूलक लघुनाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न जातजातिको संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए ।
News Desk 0 response सोमवार, भदौ १७, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१