• साउन २३,सिन्धुली/फिक्कल गाउँपालिकाको स्वास्थ्य शाखाले विश्व स्तनपान सप्ताहको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका कार्यवाहक अध्यक्ष राजु बरालको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम आयोजना गरिएको हो ।

    ‘स्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्तनपानसम्बन्धी विभिन्न जनचेतनामूलक जानकारी गराइएको थियो ।
    हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । जसअनुसार यस वर्ष साउन १७ देखि २३ गतेसम्म मनाइएको हो ।

    कार्यक्रममा शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घण्टाभित्र) आमाको दूध खुवाउनुपर्ने, शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउनुपर्ने, शिशु ६ महिना पूरा भएपछि थप पोषिलो खानाका साथै कम्तीमा २ वर्ष उमेरसम्म दूध निरन्तर स्तनपान गराउनुपर्नेजस्ता सन्देश प्रवाह गरिएको थियो ।

    साथै, आमाको दूध शिशुको लागि क्यान्सर र पाठेघर क्यान्सर हुने जोखिमलाई कम गर्ने चिकित्सकको भनाइ छ । चिकित्सकको सल्लाहविना आमाको दूधबाहेक अन्य कुनै किसिमको दूघ खुवाउन नहुने र दूधदानी बोतलको प्रयोग गर्न आग्रह गरिएको छ ।

    पालिकाका कार्यवाहक अध्यक्ष बरालले स्तनपानको महत्त्वबारे पालिकाबासीलाई सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।