-
साउन २१, सिन्धुली/ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सन्दिप नारायण दासलाई अपहरण गर्ने ५ जना भारतीय नागरिक माथि अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिएको छ ।
सवारीसाधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई जबरजस्ती नियन्त्रणमा लिएर लैजाने क्रममा पक्राउ परेका पाँच जना भारतीय नागरिकलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सिन्धुलीले आइतबार दोस्रोपटक म्याद थप गरिदिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार यही साउन १२ गते साँझ करिब ८ बजे कमलामाई नगरपालिका-४ हिरापानी चेक पोस्टमा खटिएका सहायक प्रहरी हवलदार सन्दीपनारायण दासलाई उनीहरुले जबरजस्ती गाडीभित्र हालेर भागेका थिए । उनीहरुलाई विपरीत दिशाबाट आएको सवारीको सहयोगमा प्रहरीले चेकपोस्टभन्दा ३०० मिटर अगाडिबाट तत्कालै पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत बथनाहका दिलीप कुमार, सितामढी सुरखन्डका मुकेश कुमार, सोही ठेगानाका चालक आनन्द प्रकाश, सितामाढी नस्लपुरका रामानन्द प्रसाद र समस्तीपुरका अविनाश कुमार रहेका छन् । उनीहरुलाई साउन १३ गते अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि सात दिनको म्याद लिएको प्रहरीले आइतबार थप ७ दिन हिरासतमा राख्ने अनुमति पाएको हो । प्रमुख प्रहरी उपरीक्षक काफ्लेले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्ने अनुसन्धान भइरहेको बताउनुभयो ।
बिआर-२२-एपी ७३२१ नम्बरको भारतीय गाडीमा आएका उनीहरु खोटाङको हलेसी महादेवको दर्शन गर्न जान लागेका थिए । ढुंग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित मापसे चेकिङ गरिरहेको अवस्थामा ती भारतीय नागरिकहरुले सहायक प्रहरी हवलदार दासलाई गाडीको झ्यालबाटै भित्र जबरजस्ती तानेर ३०० मिटर अगाडिसम्म लगेका थिए । त्यसक्रममा सहायक प्रहरी हवलदार दास सामान्य घाइते भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
News Desk 0 response सोमवार, साउन २१, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२