• असार १४, सिन्धुली/सिन्धुलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्थानीयस्तरका पत्रकारहरुसंग अन्तक्र्रिया गरेको छ । आयुर्वेद सेवाको प्रवद्र्धन गर्न जिल्लाका पत्रकार तथा मिडियाकर्मीहरुसंग अन्तक्र्रिया गरिएको आयोजकले जनाएको छ ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख डा.अर्जुन उपाध्यायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भरत खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले यहाँको आयुर्वेद कार्यालयले गरेको काम र प्रवाह गरेको सेवाप्रति प्रशंसा गर्नुभयो । खनालले भन्नुभयो “आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले प्रवाह गरेको सेवा प्रवाह निकै प्रभावकारी भएका प्रतिक्रियाहरु आएका छन् । यसबाट प्रष्ट हुन्छकी आयुर्वेद उपचारप्रति यहाँका मानिसहरुमा विश्वास बढ्दै गएको छ । यो सकारात्मक सन्देश पनि हो ।”

    आयुर्वेद तथा चिकित्सालयले निःशुल्क रुपमा धेरै प्रकारका औषधि तथा सेवाहरु प्रदान गर्दै आएको बताउँदै खनालले यसको बारेमा थप प्रचार प्रसार गरिदिन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साथै वहाँले जिल्लाका पत्रकार तथा सन्चारकर्मीहरुलाई आयुर्वेद सेवा र उपचार पद्धतिका विषयमा प्रचार प्रसार गर्न आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा आयुर्वेद तथा चिकित्सालय सिन्धुलीका प्रमुख डा.अर्जुन उपाध्यायले चालू आर्थिक वर्षमा प्रदान गरिएका सेवा तथा सन्चालित कार्यक्रमहरुको बारेमा प्रस्तुति दिनुभएको थियो । जस अन्तर्गत चालू आर्थिक वर्षमा ६ सय ११ जनाले योग सेवा लिएका छन् भने १६ हजार पाँच सय ३ जनाले अन्य आयुर्वेद सेवा लिएका छन् । प्रस्तुत तथ्यांक अनुसार यहाँको आयुर्वेद कार्यालयले आफ्नो तर्फबाट सेवा प्रदान गर्न र यसको प्रभावकारीताको विषयमा प्रचार प्रसार गर्न कुनै कन्जुस्याँइ गरेको देखिँदैन । त्यसोत बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको मूल्यांकनको आधारमा सिन्धुलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदशकै उत्कृष्ट तेश्रो भएको छ ।

    हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले विभिन्न सेवाहरु प्रवाह गर्दैआएको छ । बहिरंग सेवा, पन्चकर्म सेवा, योग, निःशुल्क फिजियोथेरापी, औषधि वितरण, स्तनपायी आमालाई मातृशिशु सरक्षार्थ दुग्धबर्धक आयुर्वेद औषधि वितरण लगायतका सेवा प्रवाह गर्दै आएको छ । साथै कार्यालयले हरेक हप्ताको बुधवार मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सेवा दिँदै आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका दिपकराज तिमल्निाले जानकारी दिनुभयो ।