• फागुन २४,सिन्धुली/तिनपाटन गाउँपालिका–४ बालाजोरगाउँमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोही गाउँका दिर्घ बहादुर भुजेलकी श्रीमती खडक माया भुजेलको शव बिहीबार फेला परेको हो ।
    कुवेर तामाङको पाखा बारीमा रहेको बाँस झ्याङ छेउमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दिर्घ बहादुरले शव आफ्नी श्रीमतीको रहेको भनी पहिचान गनुभएको थियो । मृतक महिला गएको फागुन २० गते घरबाट कोही कसैलाई नसोधी हिँडेको भनी निजको श्रीमान्बाट खुल्न आएको प्रहरीले जनाएको छ ।
    प्रहरीले गर्नुपर्ने प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमपश्चात् निजको श्रीमान्ले बुझी लगेको प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताउनुभयो ।