१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेबाट

माघ ८,सिन्धुली/१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेबाट सिन्धुलीमाढीमा सन्चालन हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिका आयोजनामा प्रतियोगिता संचालन हुने छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन तथा निर्देशन समिति सिन्धुलीको बैठकले माघ १५ गते देखि १७ गते सम्म सन्चालन गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ (विशाल) ले जानकारी दिनुभयो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको नितिगत कार्यक्रम अन्र्तगत १२ औँ जिल्ला स्तरिय राष्ट्रति रनिङ शिल्ड प्रतियोगिता हुने अध्यक्ष थिङले बताउनु भयो ।
जिल्लाका रहेका ९ वटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद खेलाएर छनौट भएका ब्यक्ति तर्फ पहिलो र दोस्रो तथा समूहगत एक टिमले सहभागिता रहने छ ।

प्रतियोगितामा एथ्लेटिक्स,भलिबल,कराते,तेक्वान्दो,कबड्डी र उसु खेल खेलाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *