• पुस २२, सिन्धुली/सिन्धुलीमा एक जना पुरुषको वेवारिशे शव फेला परेको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ स्थित सल्लेरी सामुदायिक जङ्गलमा शनिबार वेवारिसे अवस्थामा शव फेला परेको हो ।

    जङ्गलको बिचमा घोप्टो परेको अवस्थामा नाम, थर, वतन नखुलेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

    अन्दाजी ५५/६० बर्ष उमेरको तराईबासी जस्तो देखिने पुरुषको शव सडेगलेको दुर्गन्धीत अवस्थामा भेटेकोले पोसमार्टमका गर्न नसकिएको दाहालले बताउनु भयो । शवलाई जनप्रतिनिधिको नेतृत्वमा गोलन्जोर गाउँपालिकालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।