• पुस २०, सिन्धुली/सिन्धुलीमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दुधौली नगरपालिका वडा नम्बर ६ लालभिति स्थित कमला नदिमा घोप्टो परको अवस्थामा एक जना पुरुषको शव फेला परको हो ।
    मृतक दुधौली नगरपालिका वडा नम्बर १ गिचिहानीका ५३ बर्षीय भिमनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    मानसिक सन्तुलन ठिक नभएका मृतक हिजो (१९ गते) घरमा कसैलाई केहि नभनी घरबाट निस्किएका थिए । आज कमला नदीमा माछा मार्न गएका मानिसहरुले मृतकलाई पानिमा घोप्टो परेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
    घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।