• पुस १४, सिन्धुली/सिन्धुलीमा ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ ।

    आज कमलामाई नगरपालिका वडा नं. ५ मधुटार स्थित भित्री सडक खण्डमा सिलामेबाट माडिबजार तर्फ आउँदै गरेको ना.५ त ९५१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा क.न.पा.५ मधुटारकी निर्जला भनिने अरुणा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । कनपा.५ बस्ने २८ वर्षका गोपी वाइबाले चलाएको ट्याक्टरले बल कुमार श्रेष्ठकी छोरी अरुणालाई बाटो काट्ने क्रममा ठक्कर दिइ बेहोस बनाएपछि उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

    सिन्धुली अस्पतालमा उपचारका क्रममा घाइते बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।