इतिहासमा गरिएको अन्यायका कारण तामाङहरु पछिपरेका हुन् : परशुराम तामाङ

कार्तिक १९, सिन्धुली/माओवादी केन्द्रका स्थायी समिति सदस्य परशुराम तामाङले इतिहासमा तामाङहरुलाई गरिएको अन्यायका कारण आज पनि तामाङ जातिहरु पछि परेको बताउनु भएको छ ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुलीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले इतिहासमा तामाङ जातिहरुलाई बोकाइएको गरुङ्गो भारीका कारण अझै पनि तामाङ जातिहरु अगाडि बढ्न नसकेको बताउनु भयो । अझैपनि नेपालमा ६१ प्रतिशत तामाङहरु गरिबिको रेखामुनि रहेको बताउँदै उहाँले यस्ता अन्यायलाई बदल्नको निम्ति तामाङहरुलाई संगठीत रुपमा लाग्न आग्रह समेत गर्नुभएको छ ।

माओवादीको क्रान्ति त्यसतर्फ उन्मुख हुनुपर्ने उहाँको भनाई छ । वर्गिय उत्पीडन र जातिय उत्पीडन समुदायलाई एकजुट बनाएर क्रान्तिकारी शक्तिमा रुपान्तरण गरिए मात्रै समाजवादी क्रान्ति गर्न सकिने तामाङले बताउनु भयो । जसको लागि तामाङहरुको भूमिका महत्वपूर्ण रहेको उहाँकाे भनाइ छ ।

माओवादी जनयुद्ध पश्चात स्थापीत भएका विभिन्न सामाजिक संस्थाबाट बन्चित नहुन वहाँले सम्पूर्ण तामाङ जातिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “साँस्कृतिक तथा सामाजिक संघसँस्थामा तामाङको सहभागिता अनिवार्य हुनुपर्दछ । सामाजिक सत्तामा पनि तामाङको पहुँच पुर्याउन अत्यन्तै महत्व हुन्छ ।” तामाङहरुकाे एकता जरुरी रहेकाे धारणाा राख्दै वहाँले तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुलीको भेलाबाट धन बहादुर स्याङ्तानको अध्यक्षतामा चयन भएको नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिनुभएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *