प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई सुबिधा सम्पन्न एम्बुलेन्स प्रदान
असोज ३०, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई १ थान सुबिधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।
आज एक औपचारिक कार्यक्रमका बीच मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले वडा नम्बर ६ का वडा अध्यक्ष हर्कबिर माझी, स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शेखर शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो । मरिणमा बिरामीहरुको सहजताको लागि “ख” वर्गको सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनु भयो । आर्थिक बर्ष २०८०/०८१ मा एम्बुलेन्स खरिदको लागि २३ लाख बजेट बिनियोजन गरिएको थियो ।
एम्बुलेन्समा अत्यावश्यक अवस्थामा एक जना नर्स तथा इसीजी, मनिटर, नेबुलाइजर व्याग, सिपीआर बोर्ड, अक्सिजन लगायतका उपकरणहरू जडान गरिएको हुन्छ । सुविधा सम्पन्न एम्बुलेन्स नहुँदा धेरै बिरामीले उपचार गर्न लैँजादै गर्दा बाटैमा मृत्यु हुने गरेको भन्दै गाउँपालिका अध्यक्ष मोक्तानले अब त्यस्ता दुखद घटना नदोहोरिने बताउनु भयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले एम्बुलेन्स व्यवस्थापन गरेर चलाउन अनुरोध गर्नुभएको छ ।