-
असोज २९,सिन्धुली/रेडियो सिद्धबाबाको १२ औं साधारणसभा आइबातर सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सिद्धबाबा सञ्चार सहकारी संस्थाद्धारा सन्चालित रेडियो सिद्धबाबा एफएमका अध्यक्ष दिपक कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा १२ औं साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको अवसर पारेर रेडियोले ज्येष्ठ पत्रकार,पत्रकार महासंघका पुर्व अध्यक्षहरु,असल स्रोता तथा विविन्न बर्षभरी आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै २०७९ को एसईई परिक्षामा जिल्लाकै उत्कृष्ठ नम्बर प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । एसईईमा जिल्लाकै सर्वाेत्कृष्ठ ४ जीपीए नम्बर प्राप्त गर्न रोशन सुवेदी, छात्रा तर्फ सर्वाेत्कृष्ठ ३ दशमलव ९५ जिपिए प्राप्त अनुष्का श्रेष्ठ र पुर्णिमा बराल तिनै जना भगवती माविका विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको हो । शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको निम्ती सम्मान गरिएको रेडियोका सन्चालक टिकाजंग थापाले बताउनु भयो ।
रेडियोले बाल दिवसको अवसरमा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा प्रथम हुने सूर्योदय माविका स्वेता बुढाथोकी, द्वितिय हुने सिन्धुली एकेडेमीका निसान्त कुमर तृतिय हुने सूर्योदय माविका निकुञ्ज थापा र सान्तोना हुने जनजागृति मावि भिमानका प्रनिशा काफ्ले रहेका लाई नगद सहित सम्मान गरिएको थियो ।
५९ औं बाल दिवस २०८० को अवसरमै रेडियो सिद्धवावाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगितामा प्रथम, द्वितिय, तृृतिय र सान्तोना हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । प्रथम हुने सिन्धुली एकेडेमीकी प्रास्ना अधिकारी, द्वितिय हुने भगवति मावि सिन्धुलीमाढीकी तितिक्षा काफ्ले, तृतिय हुने सिद्धस्थली माविको दिवस थापा र सान्त्वना हुने भगवति माविकी नुना गजुरेललाई पुरस्कृत गरिएको छ ।
यस्तै रेडियोले हरितालिका तिजको अवसरमा आयोजना गरेको तीज विशेष टिकटक प्रतियोगितामा प्रथम हुने गौरता बज्यूलाई नगद ११ हजार सहित सम्मान गरिएको छ । त्यस्तै दोस्रो हुने सन्ध्या बस्नेत २ हजार नगद र तेस्रो वारिएर डान्स सेन्टर भिमान १ हजार ५ सय नगद सहति सम्मान गरिएको छ ।साधारणसभाको अवसरमा सिद्धवावा सहकारीले नेपाल रेडक्रस सोसाईटीको निःशुल्क रक्तmसञ्चार सेवाका लागि सञ्चालन गरेको एक करोड अभियानका लागि ५१ हजार रुपैंया सहयोग गरेको छ भने दमकल खरिदका लागि कमलामाई नगरपालिकालाई १ लाख १ हजार ११ रुपैंया सहयोग गरेको छ । कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहलाई सञ्चार अभियानमा सहयोग गरेको भन्दै सम्मान समेत गरिएको छ ।
News Desk 0 response सोमवार, अशोज २९, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
