सिन्धुलीमा आज “शिक्षक जागरण” पुस्तक विमोचन
असोज २७,सिन्धुली/सिन्धुलीमा आज “शिक्षक जागरण” पुस्तक विमोचन गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको बार्षिक मुखपत्र शिक्षक जागरणको छैठौं अंक प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले विमोचन गर्नुभएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यता त्यस्तै बागमती प्रदेश सदस्य सुष्पा भुजेल लगायतको उपस्थितीमा पुस्तक विमोचन तथा नेपालीहरुको माहान पर्व दशै,तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले शिक्षक जागरणको ७ औँ अंकमा हालको अंक भन्दा केहि पृथक तरिकाले प्रकाश गर्न आग्रह गर्नुभएको छ । उहाँले शिक्षक संगठनका सम्पुर्ण शिक्षकहरुले लेखेका लेख रचनामध्ये जुन अब्बल देखिन्छन् त्यस्ता लेख,रचनालाई मात्रै प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
त्यसो गरिदा रचनात्मक क्षमतामा अब्बलता कायम हुन्छ । प्रतिष्पर्धात्मक क्षमतामा सम्पुर्ण शिक्षकहरु खरो तरिकामा उत्रिन्छन् । जसले आफु भित्र उत्साह र उर्जा पैदा गर्दछ । सातौँ अंक प्रकाशन गदैँगर्दा जिल्लाभरका शिक्षकहरुको लेखबाट छानिएर श्रेष्ठतम लेख मात्रै राखिएको छ भन्दा अर्को पटक आफ्नो लेख छापिने गरी मिहेनतमा लाग्नेछन् ।” दाहालले भन्नुभयो ।
दाहालले शिक्षक जागरणलाई माओवादी आन्दोलन,विचारको केन्द्र,विरासतको निरन्तरताको रुपमा लिएर अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य दाहालले पछिल्लो समय दशै,तिहार,छठ,ल्होसार जस्ता माहान चाड नेपालीहरुको संस्कार र सस्कृती बनेको तर्क व्यक्त गर्नुभयो । उहाँले यी यस्ता चाडपर्बहरु निकै बोझिलो र भड्कीलो बन्दै गएको दाहालले बताउनु भयो ।
उहाँले भन्नुभयो “ बर्षभरी जोहो गरिएको आर्थिक आम्दानीका स्रोतहरु त्यहि सिध्याइदिने प्रचलन छ । यस्ता बोझिला चाडपर्वलाई अव ओझिला बनाउन जरुरी छ । सामाजिक लोभ,लाजका कारण अस्वस्थकर प्रतिष्पर्धाको रुपमा चाडपर्व मनाइरहेका छौँ । यस्ता गतिबिधिलाई निरुत्साहित गर्न आवश्यक छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका इन्चार्ज अमृत सिं घिसिङले शिक्षक महासंघ र राहात शिक्षक र सरकाबिच भएको सम्झौता सदनबाट अक्षरांस पास गर्न पहल गरिदिन सांसद दाहाललाई अनुरोध गर्नभएको थियो ।