हरिहरपुरगढी गाउँपालिकामा १ सय ४० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण
असोज २३,सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा १ सय ४० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाले ३ दिने शिविरको आयोजना गरेर १ सय ४० वटा सामुदायिक(छाडा) कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिनुभयो । कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ ।
कुकुरलाई रेविज लागेका कारण अन्य मानिसका सर्ने त्रासका बढ्ने भएकाले कुकुरहरुलाई बन्ध्याकरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बज्रधवज वाइवाले जनाकारी दिनुभयो । स्थानीय जातका कुकुरलाई हटाएर उन्नत जातका कुकुर पाल्नको लागि स्थानियलाई प्रात्साहन गरिने अध्यक्ष वाइवाले बताउनुभयो ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन आवश्यक रहेको अध्यक्ष वाइवाले बताउनुभयो ।
शिविरमा खटिएको विज्ञसहितको टोलीले गाउँपालिकाको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको उहाँको भनाइ छ ।
अन्य पालिकाले पनि यसलाई साझा समस्या बनाएर समाधानमा अघि बढ्नुपर्ने केन्द्रिय रिफरल पशु चिकित्सालयका प्रमुख चिकित्सक टंक प्रसाद प्रसाईले बताउनु भयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीको समन्वय,केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमानडौको प्राविधिक सहकार्य र पशु सेवा शाखा हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा २१ गतेबाट २३ गते सम्म सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सन्चालन गरिएको थियो ।
३ दिने शिविरको आज समापन गरिएको छ ।