दशैँ तिहार नजिकिँदै गर्दा सिन्धुलीमाढी बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो

असोज २२, सिन्धुली/नेपालीहरुको महान पर्व दशै तिहार नजिकिँदै गर्दा सिन्धुलीमाढी बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो बढ्न थालेको छ । खाद्यान्न सामाग्री, लत्ताकपडा, बैंक लगायतका स्थानमा सर्वसाधारणरुको घुँइचो देखिन्छ ।

एकथरी मानिसहरु बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डबार्डका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो छ भने अर्काथरी दशैँका लागि लत्ताकपडा,खाद्यान्न सामाग्री खरिदमा जुटेका देखिन्छन् । पहिले गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि शनिबारे हाट,बुधबारे हाट पर्खने गर्दथे ।

पछिल्लो समय बजारमा जुनसुकै समयमा पनि बिक्रिका लागि ल्याउन थालेका छन् । अरु समयमा पनि सर्वसाधारणको चहलपहल हुने भएकाले बिक्रिका लागि राखिएको ब्यापारीहरु बताउँछन् । रोजगारि ,शिक्षा लगायत अन्य शिलशिलामा सदमुकाममा डेरा गरि बसिरहेका मानिसहरु दशैको लागि किनमेल गरेर गाउँ फर्कने हतारमा देखिन्छन् ।

यतिबेला चार्डबार्डको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकोले बजारमा सामग्री प्रदर्शनको र होडबाजी समेत चलेको छ । यता केहि व्यापारीहरुले सामाग्रीमा सर्वसाधारणलाई मनलाग्दी मुल्य लिने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । सिन्धुलीमाढी बजारमा व्यापारीहरुले पसलमा मुल्य सुचि नै राख्दैनन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भने आउँदै गरेको दशै तिहारलाई मध्यनजर गरेर विभिन्न सरोकारवाला सँस्थाहरु सँग समन्वय गरेर सिनधुलीका मुख्य बजारी क्षेत्रमा संयुक्त अनुगमन गरिरहेको साहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताउनुभयो ।

उहाँले भन्नभयो “ बजार अनुगमनमा जाँदा साँच्चै मुल्य सुचि कुनै व्यापारीले पनि राखेका छैनन् । व्यापारीहरुलाई मुल्य सुचि राख्नुपर्छ भन्ने पनि थाहा नभएको बताउने गरेका छन् । अन्य कालाबजारी,म्याद गुज्रिएका सामाग्री भेटिए हामिले जफत गरी नष्ट गर्ने गरेका छौँ ।” चाडपर्वमा कोहि पनि सर्वसाधारण ठगिन नदिन अनुगमनलाई तिव्रता दिइएको गिरीले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *