-
असोज ५,सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले विद्यमान संविधानको मातहत भित्र रहेर शिक्षकहरुको माग अनुसार शिक्षा ऐन परिमार्जन गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
आज सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै दाहालले भर्खरै विद्यालय शिक्षा ऐन संसदमा पेश भएको तर पास नभएकोले संविधानको मातहत भित्र रहेर सो विधेयकलाई परिमार्जन गर्न सकिने बताउनु भएको हो ।
विधेयक भित्र देखिएका कमजोरीको अध्ययन गरेर सच्याउने समय अझै बाँकि रहेकोले शिक्षक महासंघले विद्यालयनै बन्द गरे माइतीघरमा मण्डालामा आन्दोलन गरेर भन्दा पनि प्रधानमन्त्रीद्धारा आदेश भएकाले गृहमन्त्रीको नेतृत्वमा दुईपक्षीय बार्ता,संवाद तथा पैरवी गरेर व्यवस्थित रुपमा समस्या समाधान गर्न शिक्षक माहासंघ सँग दाहालले आग्रह गर्नुभयो ।
दाहालले भन्नुभयो “ विधेयक संसदमा पेश भएको हो । पास भएको छैन । त्यो सच्याउने छलफल गर्ने जिम्मा संसदको हुन्छ । यो समयमा शिक्षकहरुले व्यवस्थित ढङ्गले आफ्ना मुद्धाहरु स्थापित गर्ने,संविधानको मातहतमा रहेर सरकारद्धारा केके परिमार्जन गर्न सकिन्छ सरकारलाई सुझाउने । शिक्षकहरुको जायज मागहरु मुलुक र जनताको हितलाई केन्द्रमा राखेर पुरा गर्न सरकार प्रतिबद्ध छ” ।
विद्येयक भित्र केहि प्राविधिक कमजोरी देखिएपछि उक्त विधेयकलाई परिमार्जन गरेर ल्याइएको छ अझै आवश्यक परेमा संविधानको मातहत भित्र रहेर मारिमार्जनको लागि नेपाल सरकार तयार रहेको दाहालको भनाई छ ।
दाहालले शिक्षा विधेयकको ड्राफ निर्माण प्रक्रियामा त्रुटिहरु रहेको बताउनु भयो । शिक्षकको विधेयक निर्माणको समयमा शिक्षक र अभिभावकसँग समन्वय गरेर ऐन निर्माण प्रक्रिया अगाडि बढाएको भए अहिले शिक्षकहरु आन्दोलित हुनु नपर्ने दाहाल बताउनुहुन्छ ।
साथै दाहालले निजि विद्यालय आवश्यक छैन भन्ने आभास दिलाउने गरी सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्नको निम्ती विधेयकलाई परिमार्जन गर्न जरुरी रहेको बताउनु भएको छ ।
News Desk 0 response शुक्रबार, अशोज ५, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२