• असोज २,सिन्धुली/देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय मध्येबाट सिन्धुलीका दुई विद्यालय उत्कृष्ट विद्यालयबाट पुरस्कृत भएका छन् ।

    राष्ट्रिय शिक्षा दिवस २०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी विद्यालयतर्फ सिन्धुली कमलामाई नगरपालिका ११ स्थित कमला मावि मैनी प्रथम र कमलामाई नगरपालिका ४ स्थित कमला मावि ढुङ्ग्रेबास दोस्रो उत्कृष्ट विद्यालय राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
    त्यस्तै तेस्रो हुने सल्यानको रुमाल गाउँको नारायण माध्यमिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा र एक लाख नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
    कमला मावि दुधौली पहिलो भएको विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख नगद, दोस्रो कमला मावि ढुङग्रेबासलाई दुई लाख नगद प्रदान गरिएको हो । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाको आधारमा उत्कृष्ट घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
    दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी र कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल साथै दुई विद्यालयका प्रधानाध्यापकलाई मन्त्रालयले पुरस्कृत गरेको हो ।
    सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।