-
भदौ २९, सिन्धुली/माध्यमिक तहको जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगितामा क.न.पा. ४ मिलनचोक स्थित सिन्धुली एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्रा प्राश्ना अधिकारी प्रथम भएकी छिन् ।
रेडियो शिद्धबाबाको आयोजना तथा कमलामाइ नगरपालिकाको सहकार्यमा आयोजना गरेको खुल्ला प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् । कमलामाई नगरपालिकाको सभाहलमा भएको कविता प्रतियोगितामा २७ जना सहभागी मध्ये अधिकारी उत्कृष्ट भएकी हुन् ।
विद्यालयले बेलाबेला आयोजना गर्ने यस्ता प्रतियोगितामा भाग लिने र कहिलेकाहीँ खाली समयमा आफुले कविता गजल लेख्ने गरेको अधिकारी बताउँछिन् । आज भएको जिल्ला स्तरीय कार्यक्रममा प्रथम हुँदा धेरै नै खुशी भएको उनी भन्छिन् । आफ्नो विद्यालय साथै घर परिवारका सदस्यबाट यस्ता अतिरिक्त क्रीयाकलापमा खुलेर सहयोग पाउने भएकाले आफुले यो स्थान हाँसिल गर्न सकेको उनी बताउँछिन् ।
“विद्यालयमा यस्ता कार्यक्रमहरु हरेक शुक्रबार हुने गर्थे । यस पटक नगरपालिकामा कविता वाचन प्रतियोगिता छ, विद्यालयको प्रतिनिधित्व गरेर तिमी जानू पर्छ है भनेर सर म्यामले केही दिन अघि भन्नू भयो, अनि घर गएर बेलुका एउटा कविता तयार पारेँ । आज आएर कार्यक्रममा त्यही कविता वाचन गरेँ, प्रथम भएँ, निकै नै खुशी लाग्यो,” उनी भन्छिन् ।
प्राश्ना प्रथम भएको कुराले आफुहरु पनि धेरै खुसी भएको विद्यालयका प्रीन्सिपल प्रशान्त ढकाल बताउँछन् । विद्यार्थीलाई पढाईको साथसाथै अरु अतिरिक्त क्रीयाकलापमा पनि अब्बल बनाउने आफ्नो योजना रहेको उनी बताउँछन् ।
News Desk 0 response शुक्रबार, भदौ २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०