प्रहरी समायोजन नभए नेपाल सरकारमाथी मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी
भदौ २९ सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले नेपाल सरकारले प्रतिवद्धता अनुसार प्रहरी समायोजन नहुने भए सरकारविरुद्ध सम्मानित सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिनुभएको छ । २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिवद्धता गरेको थियो ।
आज शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताउनुभयो । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हाम्रो देशका प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा लागिरहेका छौँ तर एउटा हातले मात्र तालि बज्दैन । नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने बताउनुभयो । प्रहरी भनेको एउटा टुल्स हो यसलाई प्रयोग गर्न सक्दा प्रहरी मैत्री संस्कारको विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भैरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तल्ले प्रहरी चौकिको निर्माण भएको हो ।