स्टल नहट्दा निर्माणाधीन सिन्धुली अस्पतालको गेट निर्माण कार्य रोकियो

भदौ २१,सिन्धुली/निर्माणाधीन सिन्धुली अस्पताल सिन्धुलीको गेट निर्माण कार्य रोकिएको छ । अस्पतालको गेट बनाउने कार्य सिन्धुली अस्पतालका व्यवस्थापन समितीका अध्यक्ष शतिसचन्द्र ढकालले रोकिदिएका हुन् ।
मापदण्ड अनुसार गेट निर्माणको लागि अस्पतालको जग्गामा भएको सटर भत्काउनु पर्ने भएपछि सटर धनीले अटेर गरेकोले हाल अस्पतालको गेट बनाउने कार्य रोकिदिएको अध्यक्ष ढकालले बताउनु भएको छ । पहिलो चरणमा सटर भत्काउनको लागि बैठक बसेपनि सटरधनीले अटेर गरेकाले सहमती हुन नसकेको उहाले बताउनु भयो ।
सटर भत्काएर मात्रै मापदण्ड बमोजिम अस्पतालको गेट बनाउन सुरु गरिने भएकाले सटर भत्काउन सहमतीको लागि पहल भइरहेको अध्यक्ष ढकालको भनाई छ । अस्पतालले आफ्नो जग्गाको स्वामित्व लिन नसकेको भन्दै चौतर्फी बिरोध भइरहेको छ । राजनितिक आडमा सटरधनी सटर नभत्काएको स्थानीयले आरोप लगाएका छन् ।
उहाँले भन्नुभयो “अध्यक्षले सटरधनी बचायो,सटर भत्किदैन भन्ने नकारात्कम टिकाटिप्पणी भइरहेको सुनिन्छ । तर सटर भत्किनु पर्छ भन्ने मेरो धारणा हो । मापदण्ड अनुसार गेट बनाउन सटर भत्कनै पर्छ । ”
राजनितिक सहमती नजुट्दा सटर भत्काउन ढिलासुस्ती भएको अध्यक्ष ढकालले बताउनु भएको होे । जसको लागि राजनितिकदल सँग पनि छलफल अगाडि बढाउने उहाँले बताउनु भयो । सरकारको मापदण्ड अनुसार अस्पतालको गेट ८ मिटर लम्बाईमा बनाउनु पर्ने हुन्छ ।
वि.स.२०६५ सालमा अस्पताल विकास समितिले आफ्नो सरकारी जग्गामा ब्यक्तिगत लगानीमा ब्यवसायीक सटर बनाएर २० वर्ष सम्बन्धीत ब्यक्तीले प्रयोग गर्ने सम्झौता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *