सिन्धुलीमाढीमा गाईजात्राको अवसरमा लाखे नाच
भदौ १४,सिन्धुली/सिन्धुलीमाढीमा आज गाईजात्रा मनाइएको छ । नेवाः देय दवू, नेवाः समाज र नेवाः मिसा दवू, सिन्धुलीको संयुक्त आयोजनामा गाईजात्रा ‘सापारु’ मनाइएको हो ।
गाईजात्रा पर्वलाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ । गाईजात्राको अवसरमा सिन्धुलीका नेवार समुदायले आज (विहिबार) बाजागाजा सहित लाखे नाच नाच्दै र्यालीसहित सिन्धुलीमाढी बजार क्षेत्र परिक्रमा गरेका छन् ।
लाखे नाच नेवार समुदायको संस्कृती सँग जोडिन्छ । नेवार समुदायको भाषा, संस्कृती, मुल्यमान्यताको संरक्षण गर्नको निम्ती पछिल्लो पुस्तालाई सिकाउन जरुरी रहेको समाजसेवी असोक श्रेष्ठले बताउनुभयो ।
सिन्धुलीमा नेवारबाहेक अन्य समुदायका लागि लाखे नाच नौलो रोचक हुन्छ । नेवारी संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रूपमा रहेको लाखे नाच नाच्दा मानिस आकर्षित भएका छन् ।
बजार परिक्रमा गरिउको ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टासहितको हेर्दै डर लाग्ने ख्वापा मुखौटा लगाएर बाजाको तालमा नाचिने लाखे नाच अचम्मीत भएर हेरेका छन् ।