• भदौ ११,सिन्धुली
    नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको लागि सिन्धुलीका नौ वटै पालिकामा बैठक बसिएको छ । माओवादी केन्द्रबाट जिम्मेवारी पाएका केन्द्रिय पदाधीकारी,सदस्य,प्रदेश सदस्यहरुको नेतृत्वमा नौ वटै पालिकामा अभियानको तयारी बैठक बसेको हो ।
    जिम्मेपारी पाएका नेतृत्वकर्ताहरु भदौ १६ गतेबाट तीन महिने अभियानको तयारीमा विभिन्न स्थानमा पुगेका छन् । बैठकमा पालिकाका प्रत्येक वडाबाट रिपोटिङ,कार्य विभाजन र कार्ययोजना निर्माण गरिएको छ ।
    कमलामाई नगरपालिकामा माओवादी केन्द्रका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेल,केन्द्रिय कमिटि सदस्य महेश्वर दाहाल, प्रदेश कमिटि सदस्यहरु सुष्पा भुजेल,पदम अस्थानी,शुभ गुर्माछानको नेतृत्व सहित पालिका कमिटीको आयोजनामा विस्तारित बैठक बसिएको कमलामाई नगरपालिकाका अध्यक्ष शेर बहादुर कार्कीले बताउनु भयो ।


    दुधौली नगरपालिकामा केन्द्रिय अनुशासन आयोग सदस्य मिना शर्मा,प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक पानिराज बम्जन,प्रदेश कमिटी सदस्यहरु दिनेश अधिकारी,ज्ञान बहादुर राईले अभियानको जिम्मेवारी पाउनु भएको सचिवालय सदस्य तथा जिल्ला संयोजक पानिराज बम्जनले जानकारी दिनुभयो ।

    तिनपाटन गाउँपालिकामा प्रदेश कमिटी सदस्य मातृका भट्टराई,धनबहादुर पुलामी,दिर्बुसिंह मोत्तानको नेतृत्वमा तयारी बैठक बसिएको जनाइएको छ । फिक्कल गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु विक्रम सुनुवार(विष्णु),केशव लुहार(भिषण) ले जिम्मेवारी पाउनु भएको छ ।


    गोलन्जोर गाउँपालिकामा केन्द्रि कमिटी सदस्य गंगा बहादुर तामाङ,प्रदेश कमिटी सदस्यहरु ज्वाला प्रसाद न्यौपाने,केपी पोख्रेलको नेतृत्वमा तयारी बैठक बसिएको छ । सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रको केन्द्रिय कमिटी सदस्य युवराज चौलागाई,प्रदेश कमिटी सदस्य घनश्याम बस्नेत,दिपा बोहोरा दाहालले नेतृत्व गर्नुभएको छ ।

    मरिण गाउँपालिकामा पालिका कमिटी अध्यक्ष काजिमान थिङको अध्यक्षतामा केन्द्रिय कमिटी अध्यक्ष तथा बागमती प्रदेश सदस्य उर्मिला लामा,बागमती प्रदेश कमिटी सचिव प्रकाश श्रेष्ठ,प्रदेश कमिटी सदस्यहरु प्रख्यात मोक्तान र यमकुमार देवकोटाको नेतृत्वमा अभियानको लागि तयारी बैठक बसिएको हो ।


    घ्याङलेख गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु शंकरमान घलान,इन्दिरा काफ्ले,कार्साङलामा,बाबुराम राईको नेतृत्वमा वैठक बसिएको छ । हरिहरपुरगढी गाउँपालिकामा प्रदेश कमिटी सदस्यहरु बज्रध्वज वाइवा,विनोद विक,संगिता माझिले नेतृत्व पाउनु भएको छ ।


    सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्ने । पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने । वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने । सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरुलाई आम जनताकाबिच पु¥याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपिल गर्ने । नेपालको राजनैतिक परिवर्तनका शृङ्खला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने । लगायतका अभियानको लक्ष्य रहेको छ ।
    भदौ १६ गते अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभागृहबाट गर्ने तयारी भएको छ । उद्घाटन राष्ट्रिय सभागृहबाट गर्न लागिएको छ । अभियानको उद्घाटन बिहान ११ बजे जुममार्फत गर्ने तयारी छ ।