स्वास्थ्य चौकी प्रमुख चौधरीलाई तीनपाटन गाउँपालिकाले स्पष्टिकरण माग्यो

भदौ १,सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिकाले विना कारण विदामा बसेको भन्दै स्वास्थ्य चौकी प्रमुख संग स्पष्टिकरण मागेको छ । गाउँपालिकालाई विना सूचना र विदा स्वीकृती विनानै स्वाथ्य चौकीमा अनुपस्थित भएको भन्दै तीनपाटन गाउँपालिका वडा नम्बर ९ स्थित स्वास्थ्य चौकी आम्बोटेका प्रमुख बिनोद चौधरीलाई स्पष्टिकरण मागेको हो ।
गाउँपालिकाले स्वास्थ्य चौकीमा पटक पटक अनुगमन गर्दा प्रमुख चौधरी कार्यालयमा नभेटेपछि तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेद्धारा हस्ताक्षरित सुचना प्रकाशित गरेर स्पष्टिकरण मागेको छ ।
साउन १, ५, ६, ७ र ८ गते साउन १२ गते देखि २१ गते र साउन २३ गते देखि ३२ गते सम्म बिना सूचना बिदा स्वीकृत समेत नगराई स्वास्थ्य चौकीमा अनुपस्थित भएकाले स्पष्टिकरण माग गरिएको गाउँपालिकाले जनाएको छ ।
महामारीको रुपमा फैलिएको आखाँ पाक्ने रोग र डेङ्गी रोगको संक्रमण रोकथाम तथा नियन्त्रणमा तल्लीन हुनुपर्ने समयमा स्वास्थ्य चौकी प्रमुख नै उपस्थित नभएकाले अत्यावश्यक स्वास्थ्य सेवा र महामारी रोग नियन्त्रणमा प्रतिकुल असर परेको पालिकाले जनाएको छ । चौधरीलाई स्वास्थ्य चौकीमा उपस्थित हुन नसक्नुको कारण सहित २४ घण्टाभित्र लिखीत स्पष्टिकरण पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ । २४ घण्टाभित्र स्पष्टिकरण नआएमा कानून बमोजिम कार्वाहि प्रक्रीया अगाडी बढाइने जनाइएको छ ।
स्वास्थ्य चौकी प्रमुख बिनोद चौधरी समयमा स्वास्थ्य चौकी उपस्थित नहुने, स्वास्थ्य चौकीमा आए पनि कार्यालय समय अवधी भर कार्यालयमा नबस्ने हुनाले नागरिकले सास्ती खेप्नुपरेको तिनपाटन गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष मोहन बहादुर गौतमले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *