मरिणको बाँका स्थित तीन घरमा पहिरोले क्षति, गाउँपालिकाको जेसिभिले लेदो पन्छाउँदै

साउन २३, सिन्धुली/ हिजो बाट परेको लगातार बर्षाको कारण सिन्धुलीको मरिण गाउँपालिकाको बस्स्तिमा लेदो सहितको पहिरोले घरमा क्षति पु¥याएको छ । लेदो सहितको पहिरोले वडा नम्बर २ को बाँकाका ३ वटा घरमा क्षति पुर्याएको हो ।

स्थानीय दल बहादुर पिठाकोटे,शेर बहादुर अस्थानी लगायत तीन जनाको घरमा पहिरोले क्षति पु¥याएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात) ले जानकारी दिनुभयो । पहिलोले घरमा क्षति गरेपछि अध्यक्ष मोक्तान, उपाध्यक्ष बिमला माझि जेसिभी लिएर घटनास्थलमा पुग्नुभएको छ ।

“स्थानीयले घरमा पहिरो पसेको खबर गरेपछि यहाँ आएका थियौ,केही बेर मानिसले नै पहिरो पन्छाउन पहल ग¥यौ सम्भव नभएपछि पालिकाको जेसिभी,नगर प्रहरी बोलाएका छौँ” अध्यक्ष मोक्तानले भन्नुभयो । घरभित्रै पहिरो पसेपछि स्थानीयमा त्रास फैलिएको छ ।

बर्षा भइरहेको र पुन पहिरो आउन सक्ने सम्भावना भएकाले घरमा बस्न जोखिमपुर्ण रहेको स्थानीयको भनाई छ । माथि बाट पहिरो सँगै आएको लेदो स्थानीयको घरभित्र पसेको छ । घरपछाडि पहिरोले पुरेपछि स्थानीय त्रसित भएका हुन् । घरको १ मिटर माथि सम्म लेदो जमेपछि हाल गाउँपालिकाले डोजरले पन्छाउने काम भइरहेको जनाइएको छ ।

खोल्सा घरबाटै बगेकोले लेदो पन्साउनको लागि समस्या भइरहेको जनाइएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्नको लागि पहल भइरहेको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *