विवादास्पद अभिव्यक्ति विरुद्ध सिन्धुलीमा भोलि बृहत् बिरोध प्रदर्शन गरिने

साउन २१,सिन्धुली/सिन्धुलीमा आदिवासी जनजातीले सोमबार(भोलि ) बृहत् बिरोध प्रदर्शनको तयारी गरेको छ । अधिवक्ता भगवती पाण्डे (शितल)ले साउन ७ गते एक टेलिभिजनमा दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध घोर भत्र्सना सहित भोलि सिन्धुलीमाढीमा बृहत् बिरोध प्रदर्शन गरिने भएको छ ।
तामाङ र मगर समुदायलाई अपाराधीकरण गर्नेगरी अभिव्यक्ति दिने अधिवक्ता पाण्डे र शान्तिपुर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिने प्रहरीलाई कारबाहीको माग गदैँ सिन्धुलीका आदिवासी जनतातीले भोलि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाउने तयारी भएको नेपाल तामाङ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष विशाल थिङले जानकारी दिनुभयो ।
अधिवक्ता पाण्डेले दिएको विवादास्पद अभिव्यक्ति विरुद्धमा सिन्धुलीका ९ वटै पालिकाका तामाङ,मगर तथा मुस्लिम समुदाय प्रदर्शनको लागि सिन्धुलीमाढीमा भेला भएका छन् । बिरोध प्रदर्शन नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति सिन्धुली,नेपाल मगर संघ जिल्ला कार्यसमिति सिन्धुली,नेपाल आदिवासी जिल्ला समन्वय समिति सिन्धुली र नेपाल मुस्लिम संघ सिन्धुलीले आयोजना गरेको हो ।

प्रर्दशनमा सामाजिक सद्भाव नखल्बलियोस् भन्दै आन्दोलनरत पक्षबाट आचारसंहितासमेत तोकिएको छ । जसअनुसार कार्यक्रममा कुनै दल विशेषको झन्डा, व्यानर प्रयोग नगर्ने र सामाजिक संस्थाको झन्डा, व्यानरमात्र प्रयोग गर्ने । साथै, सामाजिक सद्भाव भड्किनेगरी कुनै जाति, समुदाय लक्षित उत्तेजित नारा र अभिव्यक्ति नदिने, कार्यक्रम अवधिभर संयमित ढंगले प्रस्तुत हुने तर कुनै समूह वा व्यक्तिको घुसपैठवाट आन्दोलन भड्किन पुगेमा र त्यसबाट क्षति पुग्न गएमा सो को जिम्मेवारी स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ ।
प्रदर्शनको लागि भोली दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय अगाडि भेला हुनको लागि सिन्धुलीका आदिवासी जनजाती सम्पुर्णमा आह्वान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *