-
साउन १६, सिन्धुली/तीनपाटन गाउँपालिकाले गाउँपालिकाको ११ वटा वडाका एक एक जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा समावेश भएको “प्राविधिक विधामा रोजगारी, तीनपाटनका छोराछोरी” कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
News Desk 0 response मङ्लबार, साउन १६, २०८०
तीनपाटन गाउँपालिकाको सामुदायिक विद्यालयबाट २०७९ सालमा एसइई उर्तिण गर्ने विद्यार्थीलाई पालिकाले तोकेको शिक्षण संस्थाबाट लिइने प्रवेश परिक्षामा उच्चतम स्कोर प्राप्त गर्ने प्रत्यक वडाका एकजनालाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले बताउन भएको छ ।
छनोट भएका प्रत्येक वडाका विद्यार्थीले गाउँपालिकाले तोके बमोजिमको छुट्टाछुट्टै प्राविधिक बिषय अध्ययन गर्नुपर्ने छ । अध्यक्ष थापाले भन्नुभयो “विद्यार्थीले कृषि र पशु दुईवटा विधाका प्राविधिक शिक्षा अध्ययन गर्नुपर्नेछ । आफ्नो वडाका विद्यार्थी कुन विधामा अध्ययनको लागि पठाइने हो भन्ने वडाले छनोट गरेको छ ।”
“तीनपाटनमा खेतीयोग्य जमिन धेरै छन् । यहाँका बासिन्दा प्रायजसो कृषि र पशु पालनमा निर्भर छन् । प्राविधिकहरुको कमि छ । पालिकामा ठुला ठुला उद्योग, कलकारखाना खुल्ने अहिले कल्पना गर्न सकिदैन । युवालाई कृषि र पशु व्यवसायमानै आर्कषण गर्न सके गाउँपालिकालाई निकै टेवा पुग्ने छ । त्यसैले पालिकामै कृषि प्राविधिक उत्पादन गर्ने उदेश्य हो ।” अध्यक्ष थापाले थप्नुभयो ।
विद्यार्थीहरुले अध्ययनको लागि सिन्धुलीमा रहेका पशु र कृषि प्राविधिक विद्यालय छनोट गर्न पाउने छन् । प्राविधिक शिक्षा उर्तिण गरे पश्चात विद्यार्थीले सम्बन्धित वडामै एक बर्ष निर्वाह भत्तामा काम गर्नुपर्ने अध्यक्ष थापाले बताउनु भयो ।
“प्राविधिक विधामा रोजगारी, तीनपाटनका छोराछोरी” अन्तर्गत कार्यक्रमको विद्यार्थी छनोट प्रक्रियाका लागि विद्यार्थीको आवेदने संकलन भइरहेको छ । प्रवेश परिक्षा जिल्लाको सिटिईभिटिले साउन २४ गते लिइने छ । उक्त परीक्षाबाट प्रत्येक वडाबाट उत्कृष्ट नबर प्राप्त गर्ने ११ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने अध्यक्ष थापाको भनाई छ ।
गाउँपालिकाको ७ वडाले कृषि र ४ वटा वडाले पशु तर्फको प्राविधिक शिक्षा अध्ययनको लागि विद्यार्थी पठाउने छन् । तीनपाटन गाउँपालिकाले कृषि, पशु र शिक्षालाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षको बजेट बिनियोजन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
