दुर्घटनाबाट मानवीय क्षेती कम गर्न एम्बुलेन्स सेवा बागमती प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
असार ३१, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठले सिन्धुली जिल्लामा रहेका राष्ट्रिय राजमार्गमा हुने दुर्घटनामा तत्काल उद्दार समुह (क्युआरटी) सहितको एम्बुलेन्स सेवा सञ्चालनको लागि प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
आज सिन्धुली जिल्ला पूर्ण खोपा सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्नु हुँदै मन्त्री श्रेष्ठले दुर्घटनाबाट हुँने मानवीय क्षेति कम गर्न तत्काल उद्दार समूह (क्युआरटी) सहितको एम्बुलेन्स सेवाको व्यवस्था गर्न बागमती प्रदेश सरकारमा छलफल भई रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित ब्लड बैंकबाट निःशुल्क ब्लड वितरणको लागि स्थापन गर्न लागेको अक्षय कोषमा २५ हजार २५ रुपैयाँ सहयोग गर्ने घोषाणा गर्नुभयो । मन्त्री श्रेष्ठले निःशुल्क खोप कार्यक्रम देश भरिका १६ हजार भन्दा वढी स्वास्थ्य संस्थाबाट निःशुल्क सञ्चालन भई रहँदा पनि सोचेको जस्तो प्रगति हुन नसकेको बताउनभयो ।
उहाँले भन्नुभयो “राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको उच्च प्रथमिकतामा रहेको कार्यक्रम हो, हाल १३ वटा रोगको विरुद्धमा निःशुल्क रुपमा मासिक १६ हजार भन्दा धेरै खोप केन्द्रहरुबाट नियमित खोप सेवा प्रदान गरिदै आई रहेको छ, यसले बालबालिकाको जिवन सुरक्षित गरेको छ तर पनि पूर्ण खोप कार्यक्रम सोचे जसरी सफल हुन सकिरहेको छैन ।”