-
असार ३१,सिन्धुली/सिन्धुली जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीत्रयको उपस्थितीमा आज एक कार्यक्रमका बिच सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
News Desk 0 response आइतवार, असार ३१, २०८०
जिल्ला समन्वय समिती सिन्धुलीका संयोजक कार्साङ लामाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता साथै बामगती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ र स्वास्थ्य मन्त्री उत्तम जोसीको उपस्थितीमा सिन्धुली जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको हो ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोलाई पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ । हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ ।
तोकिएको मापदण्ड अनुसार सिन्धुली जिल्लाभरका १६ महिना देखि ५९ महिना सम्मका कुल १४ हजार ३ सय ९२ जना बालबालिका रहेको छन् । ती सम्पुर्ण बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिकाको मापदण्ड अनुसार खोप दिइसकेको र जिल्लाका नौ वटै पालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि मुख्यमन्त्री शालिकराम जमकट्टेलले सिन्धुली जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषण गर्नुभएको हो ।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गर्नको निम्ति जिल्ला समन्वय समिती सिन्धुलीका संयोजक कार्साङ लामा,सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन पाख्रेलले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष समर्थन सहित पेश गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०