भ्यागुताको विवाहमा १ हजार २ सय खर्च,पानी पर्ने आशमा स्थानीय

जेठको २३ गते भइसक्दा सम्म पानी नपरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ४ को डकाहा,कमलाखोँचमा भ्यागुताको विवाह गरीदीएका छन् । बर्षभरी खानुपर्ने अन्न (धान)को ब्याड राख्ने समयमा पानी नपरेकाले स्थानीयले एकजोडि भ्यागुताको विवाह गराइदिएका हुन् ।
पानी नपर्दा मौसम सुख्खा भई अन्नबाली मर्न लागे,खोलानाला सुक्न थाल्नुका साथै अत्याधिक रुपमा गर्मी भएकोले पानी नपर्दा भ्यागुताको विवाह गरिदिदा पानी पर्छ भन्ने परापुर्वकालको मान्यता अनुसार स्थानीयहरुले सामुहिक रुपमा कमलाखोलामा भेलाभई भ्यागुताको विवाह सम्पन्न गरेका हुन ।
पानी पर्ने आशमा आज बिहान एक जोडि भ्यागुता लाई रुद्री पूजा लगाई पण्डितले बिधिपुर्वक भव्य रुपमा विवाह गरिएको स्थानिय थानेश्वर काफ्लले बताउनु भयो । पण्डितले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो ।
३० जना स्थानियकोे उपस्थितीमा पण्डितले ४ घण्टा सम्म हकोमहोमादी गरेका थिए । कमलाखोलाबाट खोजेर ल्याएर विवाह गरिएको भ्यागुताको जोडिलाई डोलीमा चढाई कमलाखोलामै लगेर छोडिएको काफ्लेको भनाई छ । भ्यागुताको विवाहमा १ हजार २ सय खर्च भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *