सुनकोशीमा सरकारी गाडी खस्दा ३ जना बेपत्ता
जेठ १९, सिन्धुली/सुनकोशीमा सिटिइभिटिको सरकारी गाडी खस्दा ३ जना बेपत्ता भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनाबाट आज सरकारी स्कारपियो सुनकोशीमा खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएका हुन् ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको स्कर्पियो दुर्घटना भएको हो । राप्ती गाउँपालिका ६, दाङका ३१ वर्षिय कृष्ण चौधरीले चलाएको बिएबि ७४६७ नं.को स्कर्पियो आँफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल सुनकोशी नदिमा खसेको प्रहरीले जनाएको छ । चालक पौडि खेलेर सुनकोशी नदी बाहिर निस्केको प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो । स्कर्पियो सिटिइभिटी कार्यालय भक्तपुरको भएको प्रहरीले जनाएको छ ।
भक्तपुरबाट खोटाङ तर्फ जाँदै गरेको गाडी लौकुनाबाट सुनकोशीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो । बेपत्ता हुनेमा भानु नगरपालिका वडा नं.९, तनहुँका ५७ वर्षिय सह सचिव कृष्ण वहादुर केसी (प्रशासन शाखाको निर्देशक), पूर्वी नवलपरासी प्रगती नगरपालिका वडा नं. ७ का अन्दाजी ५६/५७ वर्षका यम प्रसाद घुर्तेल (योजना महाशाखाको निर्देशक) र ईलाम फुयतया नगरपालिका वडा नं. ५ का अन्दाजी ३०/३२ वर्षका भानु पौडेल (विद्युत प्रशिक्षक) रहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी प्रमुख सिलवालको भनाई छ ।