• जेठ २, सिन्धुली/भष्ट्रचार नियन्त्रण गर्ने निकाय नै भष्ट्रचारमा मुछिएको सार्बजनिक लेखा समतिका सदस्य लेखनाथ दाहाल (राजन) ले बताउनु भएको छ । सार्बजनिक लेखा समितीको पहिलो बैठकमा दाहालले कमिशनमा आधारित रहेको बेरुजुलाई इमान्दारीता पुर्बक विना भष्ट्रचार, विना कमिसन फछ्र्योट गर्नुपर्ने तर जसले भष्ट्रचार नियन्त्रण गर्नुपर्ने त्यही निकायनै भष्ट्रचारमा मुछिएको बताउनु भएको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु भष्ट्राचारमा मुछिएकाले खुल्ला छलफल नगरे सम्म बेरुजु फछ्र्योट नहुने सदस्य दाहालले दाबि गर्नुभयो । बैठकमा हालको ब्यबस्था प्रणालीको बिषयमा जनस्तरका आशंका पैदा भइरहेको भन्ने कुराको दाहालले अस्विकार गर्नुभएको छ ।
    बेरुजुको बिषयमा जनस्तरबाट कुनै प्रकारको गुनासो नउठेको उहाँले बताउनु भयो । जनस्तरबाट सरकार सन्चालन तथा नेतृत्व प्रदानको बिषयमा भने टिकाटिप्पणी उठ्नेको दाहाललको भनाई छ ।
    भष्ट्रचार नियन्त्रणको निम्ति महत्वपुर्ण भुमिका खेल्ने सार्बजनिक लेखा समिती आफै अनुशासित नभएसम्म अरुलाई अनुशासनको दायरामा ल्याउन नसक्ने र खबरदारी गर्न पनि नसकिने बताउनुहुँदै दाहालले आफ्नो क्षेत्राधिकारभित्र बसेर कामको बास्तविकिरण गर्ने, समस्याको बास्तविकिकरण गर्ने र समस्याको पहिचान गरी समाधानको उपाय सहितको सम्बन्धित निकाय सँग समन्वय गरेर भष्ट्रचार नियन्त्रण गर्ने पहल गरिने प्रतिबद्धता गर्नुभएको हो ।
    सिनधुली क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य दाहालले आफ्नो कार्यकालभित्र अहिले देखिएको बेसथि, अराजकता र अनियमितता गरिने पनि बताउनु भएको छ ।