सुनकोशीमा एकीकृत घुम्ति शिविर सम्पन्न, ३ हजार भन्दा बढिले सेवा लिए

बैशाख ३१, सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिकामा सन्चालन भएको एकीकृत घुम्ति शिविर ३ हजार भन्दा बढिले सेवा लिएका छन् । भौगोलिक विकटता, शारिरिक स्वास्थ्य अशक्त, बृद्धबृद्धालाई बिषेश प्राथमीकतामा राखेर गाउँपालिकाले वडा वडामै पुगेर एकीकृत घुम्ति शिविर सन्चालन गरेको थियो ।
उक्त शिविरबाट गाउँपालिकाका १ हजार २४ जना स्वास्थ्य सेवा लिएका छन् । सुगर प्रेसरका बिरामीहरुलाई प्रत्यक वडा वडामै पुगेर स्वास्थ्य अबस्था परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो । वडा नम्बर २, ४ र ५ का ३ सय जना महिलाहरुले स्त्री रोग सम्बन्धी सेवा लिएका छन् । एमविविएस डाक्टरद्वारा स्वास्थ्य परीक्षण गराईएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।
१ हजार २४ जना कृषकले उन्नत जातका बिउबिजन लिएका छन् भने पशु सम्बन्धि १ हजार २६ जनाले सेवा लिएका ह्न् । गाउँपालिकामा १९ जनाले पशल दर्ता गराएको अध्यक्ष बोहाराको भनाई छ ।
शिविरबाट २७ जनाले जेष्ठ नागरिक कार्ड लिएका छन् भने १ जनाले अपाङ्गता कार्ड लिएको हो । गाउँपालिकाले यसअघि नै सम्पुर्ण वडामा अपाङ्गता कार्ड बितरण गरिसकेको जनाइएको छ । साथै सुनकोशी गाउँपालिकाका ६ वटै वडा पुर्ण खोप वडा घोषणा भइसकेको छ ।