-
बैशाख २८, सिन्धुली/सिन्धुलीको एक सामुदायिक बिद्यालयका शिक्षकहरु विद्यालयमा ताला लाएर जन्ती गएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख २८, २०८०
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ स्थित जनता माध्यमिक बिद्यालय चन्दनपुर बिद्यालय नै बन्द गरेर शिक्षकहरु जन्ती गएका हुन् ।
सोही बिद्यालयका शिक्षक कमलामाई नगरपालिका १३ नम्बर वडाका लोकहरी न्यौपानेको बिवाहका लागि शिक्षकहरुले बिद्यालय नै बन्द गरेका हुन् । विबाहमा बिद्यालयका प्रधानाध्यापक रबिन्द्र कुमार शाह सहित सम्पुर्ण शिक्षकहरु शिक्षक लोकहरी न्यौपानेको बिवाहमा कमलामाई नगरपालिका ३ चपौली गएको स्थानीयले बताएका छन् ।
छोरा छारीले आज बिद्यालय नजानी सरले बन्द भन्नुभको छ भनेपछि मैले सोदेको थिए, किन बिद्यालय बन्द ? भन्दा लोकहरी सरको बिवाहमा सबै सर, मिस जानुहुन्छ रे त्यही भएर बन्द हुन्छ रे, भनेको अभिभावक तथा बिद्यालय ब्यबस्थापन समितीका सदस्य मदनलाल कुमार दनुवारले बताउनु भयो ।
आफै बिद्यालय ब्यबस्थापन समिती भित्र भएपनि कुनै जानकारी नै नभई बिद्यालयमा ताला ठोकेर शिक्षकहरु बिवाहमा गएको उहाँको भनाई छ ।
यता १४ नम्बर वडा कार्यालयका अध्यक्ष राजन न्यौपाने भने यो बिषयमा बिद्यालयले वडालाई थाहा नै नदिएको बताउनु हुन्छ । कमलामाई नगरपालिकाको शिक्षा शाखाबाट बिद्यालय बन्द भएको अभिभावकले गुनासो गरेको भन्ने खबर पाउनासाथ फिल्डमा गएर हेर्दा बिद्यालय साच्चै बन्द भेटिएको वडा अध्यक्ष न्यौपानेले बताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक रबिन्द्र कुमार शाहलाई फोन गरेर सोद्दा सबै शिक्षक शिक्षिक जाने भन्ने कुरा भएपछि शिक्षकहरुबाटै निर्णय भएर बिद्यालय बन्द गरिएको जवाफ आएको वडा अध्यक्ष न्यौपाननेको भनाई छ ।
सरकारी बिद्यालयमा सरकारले अरबौँ लगानी गरेपनि हाल सम्म पनि उत्कृष्ठ सफता पाउन सकेको छैन । यी यस्तै बिवाह, भोजभतेर, बर्खे बिदा, बर्षे बिदा यावत कारण देखाई बर्षको आधा बर्ष नै सरकारी बिद्यालयमा बिदा दिइने गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२