फाँट कोलगैरा देउराली सडक निर्माण कार्य अन्तिम चरणमा

बैशाख २८, सिन्धुली/कमलामाई नगरपालिका वडा नम्बर ४ सिन्धुलीमा निर्माणाधिन झोलुङ्गेपुल बीच फाँट कोलगैरा देउराली सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बागमती प्रदेश सरकार, उपभोक्ता समिति र जनसहभागिताबाट नगद र श्रमदानबाट सडक निर्माण भैरहेको छ । बागमती प्रदेश सरकारको ५० लाख, उपभोक्ता समितिबाट ६ लाख २५ हजार र स्थानीयको जनसहभागीताबाट १२ लाख ५० हजार ६ सय १२ रुपैयाँ श्रमदान गरी जम्मा ६२ लाख ५० हजार ६ सय १२ रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न गरिने उपभोक्ता समितिका अध्यक्ष दिपक कुमार पोख्रेलले जानकारी दिनुभयो ।
२०७९ पुस २३ बाट सुरु गरेर २०८० जेष्ठ मसान्त सम्ममा सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । सम्झौता अनुसार काम तिव्र गतिमा भैरहेको र सडक निर्माण प्रक्रियाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष पोख्रेलले बताउनुभयो । निकै समय यहाँका स्थानीयले हिलो, धुलो सहितका यावत समस्याहरु भोगिरहेका थिए । तर सडक निर्माण पश्चात यो समस्या स्थानीयले भोग्न पर्दैन । सडक निर्माणमा स्थानीयको जनश्रमदान सक्रिय रुपमा रहेको छ । यो सडक निर्माण पश्चात यहाँका करिब १ हजार जना लाभान्भीत हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *