हरिहरपुरगढी गाउँपालिकामा आज बाट ल्याव सेवा सन्चालन

बैशाख २४,सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज बाट ल्याव सेवा सन्चालनमा आएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष बिच बहादुर मोक्तानको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेललेको प्रमुख आतिथ्यतमा वडा नम्बर ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा आज बाट ल्याव सेवा सुरु गरिएको हो ।
हरिहरपुरगढिका वडा नम्बर ३ का स्थानियमा टीभीका बिरामी बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार सो बिरामी बाट अन्य मा सर्न नदिनको लागि बिरामीको परिक्षण गरी बिरामीको उपचारको लागि गाउँपालिकाकै स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख राजेश्वर शाह जानारी दिनुभयो ।
ल्याव सेवा सन्चालनको लागि हरिहरपुरगढी गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा उपकरणको खरिद गरिएको उहाँले बताउनु भयो । डाक्टर अमन कुमार शाह र ल्याव टेक्निसिय संकल्प राईले ल्याव सेवा प्रवाहको गर्नुहुनेछ । ल्यावमा टिभि,क्षयरोग,एचआई एड्स,सुगर लगायतको परिक्षण हुनेछ ।
साथै गाउँपालिकाको ५ बर्ष मुनिका १८ जना बालबालिकामा कुपोषण परिक्षण गरिएकोमा २ जनामा कुपोषण भेटिएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *