• बैशाख २३,सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा ३८ जना नेपाल कम्युनिष्ट पार्टि “माओवादी केन्द्र”मा प्रवेश गरेका छन् । नेकपा एमाले,नेपाली काङ्ग्रेको बिभिन्न आहोदामा रहेका ३८ जना पार्टि परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
    हरिहरपुरगढि गाउँपालिकाको चौथो पुर्ण बिस्तारित बैठक तथा पार्टि प्रवेश कार्यक्रमको आयोजनामा माओवादी केन्द्रका जिल्ला पार्टि इन्चार्ज लेखनाथ दाहाल(राजन)ले नवप्रबेशी ३८ जना लाई अबिर मालाले पार्टिमा स्वागत गर्नुभएको माओवादी केन्द्रका युवा नेता गणेश रत्नले जानकारी दिनुभयो ।


    जिल्ला इन्चार्ज दाहालले भ्रममा परेर अल्मिलिएका सबै अब आफ्नै घर सम्झेर फर्किने बताउनु भयो । महिला,जनजाती,उत्पीडीत,लोपन्मुख लगायत सम्पुर्ण जाति,धर्म लाई समेटेर अघि ब्ढने पार्टि माओवादी भन्दा बाहेक अरु नभएकाले बिस्तारै नबुजेर बिचलित भएकाहरु अब बिस्तारै फर्किने बताउनु भएको हो ।
    दाहालले माओवादीमा बिग्रेका,कुविचार भएका ब्यक्ति पनि प्रवेश गर्न छुट भएको तर माओवादीमा प्रवेश गरेकै दिन बाट त्यो ब्यक्ति सुध्रिनु पर्ने भनाई ब्यक्त गर्नुभयो । अन्याथा माओवदीमा प्रवेश गरेर पनि सुध्रिदैन भने त्यो ब्यक्ति माओवादी हुन नसक्ने बताउनु भयो ।
    माओवादी आफु अन्याय पनि गदैन र अन्याय पनि नसहने बताउनु हुँदै दाहालले अन्याय गर्नै र अन्याय सहने दुबै माओवदी हुन नसक्ने बताउनु भयो ।
    माओवादीमा आसा बोकेर प्रवेश गरेका नवप्रवेशी लाई उचित स्थान हेरेर जिम्मेवारी सुम्पने पनि दाहालले बताउनु भयो ।