रेडक्रस सिन्धुलीको भवन निर्माणको लागि १० लाख बजेट बिनियोजन गरिदिने मन्त्रि श्रेष्ठको प्रतिबद्धता

बैशाख २२, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटि सिन्धुली जिल्ला शाखाको भवन निर्माणको लागि १० लाख बजेट बिनियोजन गरिदिने प्रतिबद्धता जनाउनु भएको छ ।
रेडक्रस सिन्धुली शाखाले सिन्धुलीमाढीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्रि श्रेष्ठले अपुरो रहेको रेडक्रसको स्टोर भवनमा एक तला थप्नको लागि अब आउने आर्थिक बर्षमा १० लाख बजेट बिनियोजन गरिदिने प्रतिबद्धता जनाउनु भएको हो ।
देशभर नै निष्क्रिय रहेको रेडक्रस तर सिन्धुलीमा भने चाख लाग्दो मानविय कार्य अझ विकास निर्माणमा पनि जोडिएकाले मन्त्रि श्रेष्ठले खुसि ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मानवतावादनै रेडक्रसको अहम शिद्धान्त हो । जुन काम रेडक्रसले गरिरहेको छ । आँखा अस्पताल बनाउने शाखाको सपना लाई म मेरो तर्फ बाट पुरा गर्नका लागि पहल गर्दछु ।”

रेडक्रस सिन्धुलीले सिन्धुलीका ९ वटा स्थानिय तह मध्य २ वटामा “ख” बर्गको एम्बुलेन्स हस्तानतरण गरेको छ । बाँकि अन्य पालिकामा समेत “ख” बर्गको एम्बुलेन्स हस्तानतरण गर्ने प्रक्रियामा पनि बागमती प्रदेश सरकार तर्फबाट पहल गर्नको लागि प्रयत्न गरिने पनि मन्त्रि श्रेष्ठले बताउनु भयो ।
त्यस्तै मन्त्रि श्रेष्ठले प्रदेशमा बिपद ब्यबस्थापनको कोष भए पनि कर्मचारी अभावका कारण बिपदमा जनताको सेवा गर्न नसकिएको तर्क ब्यक्त गर्नुभयो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जम्मा एउटा शाखा छ जसमा २ जना कर्मचारी कार्यरत जसले १३ वटा जिल्ला हेर्नुपर्ने समस्या रहेको उहाँले बताउनु भयो ।
बागमती प्रदेशको अब आउने आर्थिक बर्षको निति कार्यक्रममा बिपद ब्यबस्थापन प्राधिकरण बनाउने प्रस्ताव पेश गरिने बताउनुहुदै मन्त्रि श्रेष्ठले उक्त प्राधिकरणबाट १३ वटै जिल्लामा सेवा प्रदानको लागि सहयोग पुग्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटि सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले जिल्लामा गरेको गतिबिधि बारे जानकारी गराउनु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *