न्यायिक समिति मन्च सिन्धुलीको अध्यक्षमा कमलामाईका उपप्रमुख देबकोटा सर्बसम्मत चयन
बैशाख १९,सिन्धुली/न्यायिक समिति मन्च सिन्धुलीको अध्यक्षमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटा सर्बसम्मत चयन हुनुभएको छ । फिक्कल गाउँपालिमामा आयोजना गरिएको प्रथम जिल्ला भेला बाट देबकोटा अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो ,
उपाध्यक्षमा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान,सचिवमा फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल,कोषाध्यक्षमा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझि लगायत ९ सदस्यीय नयाँ कार्यसममिति चयन भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा भएको प्रथम जिल्ला भेलामा समन्वय उपप्रमुख शान्ता कार्कि,फिक्कल गाउँपालिकाका अध्यक्ष पार्बती सुनुवार लगायत जिल्लाका स्थानिय तहका उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रथम भेला लाई सम्बोधन गर्नुहुदै जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामाले न्यायिक समिती सिन्धुली मन्चले सत्य र तथ्य पुर्ण न्याय दिलाउन सहयोग मिल्ने बताउनु भयो ।
न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन तथा स्थानिय बिबाद लाई गुणस्तरीय बनाउन स्थानियतह अन्र्तगतको न्यायिक समितीको असल अभ्यास र सफल अनुभवलाई आदनप्रदान गर्न आबश्यक रहेकाले न्यायिक समिती सिन्धुली मन्च गठन गरिएको कमलमाई नगरपालिकाका नगर प्रमुख मन्जु देबकोटाले जानकारी दिनुभयो ।