• बैशाख १७,सिन्धुली/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुलीको नयाँ कार्यसमिती पदाधिकारी चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । हिजो बाट सिन्धुलीमाढीमा जारी रहेको १५ औँ जिल्ला अधिवेशनको बन्द सत्रमा लामो छलफल बाट पनि नयाँ कार्यसमितीका ४ जना पदाधिकारी टुङगो नलागेपछि निर्वाचन प्रक्रियामा गएको हो ।
    अनेरास्ववियु जिल्ला कमिटीको सचिवमा अजय दोङ सर्बसम्मत चयन हुनुभएको छ भने पदाधिकारी सहित ४१ जनाको कार्यसमितीका सदस्यहरु पनि सर्बसम्मत चयन भएका छन् ।
    जिल्ला कमिटीको अध्यक्ष पदका लागि प्रशान्त लुङगेली मगर,सन्तोष घिमिरे, सन्तोष कार्कि र कन्चन पहाडी गरी ४ जनाको नाम सिफारिस भएको युवा संघ नेपाल कमलामाई नगरपालिकाका सचिव श्रवण नेवा खड्गीले जानकारी दिनुभयो ।
    उपाध्यक्षका लागि ललित रजन मगर,लोकेन्द्र बोगटि,बिष्णु पौडेल र देबराज गौतमले उमेदवारी दिएका छन् । त्यस्तै सहसचिव पदका लागि सरद बराल,उमेश पोख्रेल,सुजना खड्का,सर्मिला राउत र प्रज्वल तिमल्सिनाले उमेदवारी दर्ता गराएको रुेष्ठले जानकारी दिनुभयो ।
    कोषाध्यक्ष पदका लागि प्रदिप माझि र अप्सरा अधिकारी प्रतिष्पर्धामा जाने भएका छन् ।
    सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ धुरबजार स्थित कमलामाई पार्टि प्यालेसमा मतदान गरिने तयारी भएको छ । ४ सय ४४ जना प्रतिनिधिले भोट गर्न पाउनेछन् ।