सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीको अध्यक्षमा हितलाल श्रेष्ठ पूनः निर्वाचित
बैशाख १६, सिन्धुली/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीको अध्यक्षमा पूनः हितलाल श्रेष्ठ सर्वसहमत निर्वाचित हुनु भएको छ । महासंघको छैटौँ अधिवेशनबाट श्रेष्ठ पूनः दोस्रो कार्यकालका लागि सर्वसहमत निर्वाचित हुनु भएको हो ।
श्रेष्ठ २०७६ सालमा भएको पाँचौ जिल्ला अधिवेशनमा पनि अध्यक्ष निर्वाचित हुनु हुन्छ । सामुदायिक वन उभोक्ता महासंघको स्थापनाकाल देखि निरन्तर सामुदायिक वन आन्दोलनमा क्रियाशिल श्रेष्ठ संस्थापक केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।
सिन्धुलिमाढीमा सम्पन्न छैंटौं अधिवेशनबाट उपाध्यक्षमा नरेन्द्र कार्की सचिवमा सकुन्तला राई, कोषाध्यक्षमा अप्सरा बराल सर्वसहमत निर्वाचित भएका छन् । जिल्ला महासघका अध्यक्ष हितलाल श्रेष्ठ को अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको थियो ।
सदस्यहरुमा बद्री कुमार थापा, नम्रता राई, नृपजंग थापा, लक्ष्मी ढुंगेल, अन्तराज दाहाल, जानुका तिमल्सीना, मोहन बहादुर रखाल, भिमकुमारी आले, धन बहादुर स्यांतान, आइतीमाया गोले, लोकेन्द्र बहादुर कार्की र बाल कुमारी मगर रहेका छन् ।