सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीको छैटौँ अधिवेशन सम्पन्न

बैशाख १६, सिन्धुली/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको छैटौँ अधिवेशन सिन्धुलिमाढीमा सम्पन्न भयको छ । जिल्ला महासंघका अध्यक्ष हितलाल श्रेष्ठ को अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भयको हो ।
जिल्ला अधिवेशन लाई सम्बोधन गर्नुहुँदै समन्वय प्रमुख कार्साङ लामाले वनमा सडेगलेको काठलाई स्थानियले दाउराको रुपमा प्रयोग गर्न मिल्ने ऐन बनाउन आबश्यक रहेको बताउनु भएको छ । नेपाल सरकारको वन ऐन अन्र्तगको कानुनले गर्दा उपभोक्ताले थुप्रै समस्या झेल्नुपरीरहेकाले त्यस्ता ऐन कानुन सुधार गर्नुपर्ने उहाँले बताउनु भयो ।
जिल्लाका ५ सय १० वटा सामुदायिक वन उपभोक्ता समितीले वन संरक्षणको लागि बृक्षारोपरण, डढेलो नियन्त्रण लगातका कार्य गदैँ आएकोमा प्रमुख लामाले खुशि ब्यक्त गर्नुभयो ।


कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले सामुदायिक वन उपभोक्ता समिति नेपालमा जनता सँग जोडिएको सबैभन्दा ठुलो सँस्था भएको बताउनु भएको छ ।
जिल्लामा ९ वटा पालिका मध्य कुनैपनि स्थानिय तहमा स्थानिय वन ऐन नबनेकाले उपभोक्ता समस्यामा परेको अनुभती भएको बताउनु भयो ।

सामुदायिक वन उपभोक्ता समितीले प्रत्यक स्थानिय तहमा वन ऐन निर्माणको लागि गरेका छन् ।
डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज उप्रेतीले सामुदायिक वन उपभोक्ताका सदस्यहरुले वन संरक्षणको लागि कर्मचारी सो सरह नै काम गरेको बताउनु भयो ।


अधिवेशनमा ८ वटा पालिका महासंघबाट ८/८ जना प्रतिनिधि सहित ८० जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिबेशनले २७ सदसीय जिल्ला महासंघ गठन गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *