-
बैशाख १५, सिन्धुली/सिन्धुलीको बिभिन्न वनको ८२ ठाउँमा डढेलो लागको छ । चैत बैशाख महिना लागे सँगै हाल सम्म जिल्लाको बिभिन्न वनहरुमा ८२ स्थानमा डढेलो लागेको हो ।
News Desk 0 response शुक्रबार, बैशाख १५, २०८०
स्थानियले नयाँ घास पलाउने आशमा लगाइएको डढेलो जिल्लाको बिभिन्न वनमा सुस्म देखि भिषण सम्म डढेलो लागेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण न्यौपानले बताउनु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाको ११ नम्बर वडाको वनमा ७ स्थानमा, वडा नम्बर ८ मा १०, वडा नम्बर २ को ४ स्थानमा र वडा नम्बर ३ को २ स्थानमा डढेलो लागे पनि डढेलो लागेको क्षेत्रफल भने एकिन नभएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण न्यौपानले बताउनु भएको हो ।
त्यस्तै गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ को बिभिन्न ७ स्थानमा ,वडा नम्बर ४, वडा नम्बर १ को ७ स्थानमा,वडा नम्बर २ को २ स्थानमा,वडा नम्बर ३ र ७ को केहि स्थानमा डढेलो लागेको जनाइएको छ ।
हरिहरपुरगढि गाउँपालिकाको १ नम्बर वडाको बिभिन्न ५ स्थानको जङ्गलमा डढेलो लागेको प्रमुख न्यौपानेले बताउनु भयो । वडा नम्बर ७ को ३ स्थानमा,वडा नम्बर ५,८,४ मा डढेलो लागेको थियो ।
कमलामाई नगरपालिकाको जङ्गलमा भने या पटक थोरै स्थानमा डढेलो लागेको छ । वडा नम्बर ८ को बिभिन्न ५ स्थानमा,वडा नम्बर १३ र ९ नम्बरमा डढेलो लागेको प्रमुख न्यौपानेले बताउनु भयो । मरिण गाउँपालिकाको ४ नम्बर वडाको बिभिन्न ५ स्थानमा,३ नम्बर वडाको २ स्थानमा ,वडा नम्बर ,१ र ७ नम्बर वडामा डढेलो लागको थियो ।
फिक्कल गाउँपालिकाको वडा नम्बर ३ को २ स्थानमा, वडा नम्बर ६ को २ स्थानमा र वडा नम्बर २ को जङ्गलमा डढेलो लागेको प्रमुख न्यौपाने बताउनु भयो । त्यस्तै सुनकोशी गाउँपालिका वडा नम्बर ६ को बिभिन्न ५ स्थानमा,वडा नम्बर ५,७,४ र २ को जङगलमा डढेलो लागेको जनाइएको छ ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय सिन्धुलीले उपकरण सहित १० जना हरित स्वयमसेवक खटाएको थियो । डढेलो नियन्त्रणका लागि खटिदा स्थानिय, प्रहरीको सहयाताले गर्दा डढेलो लागिहाले पनि अन्य क्षति भने हुन नदिएको हरित स्वयमसेबक बलाराम कार्किको भनाई छ । जिल्लाको बिभिन्न स्थानमा डढेलो नियन्त्रणको लागि जादा स्थानीयले नै घाँस पलाउने आशमा निजि जग्गामा लगाइएको स्थान बाटै डढेलो लाग्ने गरेको उहाँले बताउनु भयो ।
वन डढेलो लगाउँदा बोटबिरुवा मासिने,बन्यजन्तुमा क्षति पुग्ने मुख्य रुपमा त मानव प्राकृतिक स्रोत सँगै आत्मनिर्भर रहन्छ भन्ने चेतना भएपनि पनि स्थानियले नै डढेला लगाउने पाइएको हरित स्वयमसेवक बिस्मता खतिवडाको भनाई छ । एकचोटि डढेलो नियन्त्रणमा लिइसकेको स्थानमा भने पुन डढेलो नलागेको बताउनु हुँदै उहाँले डढेलो नियनत्रण गर्न जादा ज्यान माया मारेरै जानुपर्ने स्थानियले प्रत्यक्ष रुपमा अनुभव गरेकोले सोहि स्थानमा पुन डढेलो नलाग्ने उहाँले आशा ब्यक्त गर्नुभयो ।
डढेलोका कारण फिक्कल गाउँपालिकाका बलबहादुर मगरको निधन भने गालन्जोर गाउँपाकिमा डढेलो ३ जनाको घरमा क्षति पुगेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
