सिन्धुलीमा एचआइभी एड्स संक्रमित बिरामीको संख्यामा बृद्धि
बैशाख १४,सिन्धुली/ सिन्धुलीमा एचआइभी एड्स संक्रमित बिरामीको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष ५४ जना संक्रमित थिए भने यो बर्ष बिरामीको संख्या बृद्धि भएर ६९ जना पुगेको हो ।
जिल्लााको नौ वटा पालिका मध्य सबैभन्दा बढि कमलामाई नगरपालिकामा एचआइभी एड्स संक्रमित बिरामीहरु छन् । कमलामाई नगरपालिकामा २ जना बालबालिका सहित ३५ जना बिरामी रहेको सिन्धुली प्लसका प्रमुख मिना मगरले जानकारी दिनुभयो ।
त्यस्तै दुधौली नगरपालिकामा १ जना बालक सहित १५ जना, तिनपाटन गाउँपालिकामा ९ जना, मरिण गाउँपालिकामा ७ जना, गोलन्जोर गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५ जना, हरीहरपुरगढी गाउँपालिकामा ३ जना र घ्याङलेख गाउँपालिकामा १ जना गरी जिल्लामा ६९ जनामा एचआइभी एड्स संक्रमित बिरामी रहेको प्रमुख थापाले जाकनारी दिनुभयो ।
सिन्धुली प्लसले सिन्धुली अस्पतालसँग समन्वय गरेर जिल्लाका एचआइभि एड््स संक्रमितको लामो समय देखि ब्यबस्थापन तथा हेरचाह गर्नुका साथै एचआइभि एड्स न्युनिकरणका लागि पहल गदैँ आएको छ ।