कमलामाई नगरपालिका ५ नम्बर वडा कार्यालयको आफ्नै भवन निमार्ण सुरु

बैशाख १३, सिन्धुली÷सिन्धुलीको कमलामाई नगरपालिका ५ नम्बर वडा कार्यालयको आफ्नै भवन निमार्ण सुरु गरिएको छ । लामो समय देखि भाँडामा रहदै आएको वडा कार्यालयको आफ्नै भवन निर्माण सुरु गरिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापको संघिय बजेट बिनियोजन बाट भबन निर्माण सुरु गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष पु्र्ण बहादुर खड्काले बताउनु भयो ।
कमलामाई नगरपालिका वडा नम्बर ५ को कालिमाई मन्दिर अगाडिको सार्बजनिक जमिनमा भवन निर्माण गरिएको छ । २ तलाको ८ कोठे भवन निर्माणको लागि सेलेक्ट सिर्जना बमभोले जेभि कन्ट्रक्सनले ठेक्का पाएको छ ।
वडा कार्यालय सहित सेलेक्ट सिर्जना बमभोले जेभि कन्ट्रक्सनले २ वटा पार्क र चार सडक कालोपत्रे सहित निर्मार्णको लागि १६ करोड ७६ लाखमा ठेक्का पाएको हो । २०८० बैशाख १६ गते १८ महिना भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ ।
वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवाग्राहिलाई सेवा प्रदान गर्नको लागि असहज भइरहेकाले भवन निर्माण पश्चात सेवाग्राहीलाई सेवा प्रदान गर्नको लागि सहज हुना वडा अध्यक्ष खड्काले आशा ब्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *