-
बैशाख १०,सिन्धुली/गोलन्जोर गाउँपालिकामा आज बाट “ख” बर्गको एम्बुलेन्स सेवा शुभारम्भ भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्र्तराष्ट्रिय माहासंघ (आइएफआरसि) नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालय र गोलन्जोर गाउँपालिकाको संयुक्त आर्थिक सहयोग तथा साभेदारीमा गोलन्जोर गाउँपालिकामा एम्बुलेन्स सेवा शुभारम्भ भएको हो ।
News Desk 0 response आइतवार, बैशाख १०, २०८०
नेपाल रेडक्रस सोसाइटी ग्वाल्टार उपशाखाका सभापति ओम कुमार कार्किको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रमका बिच एम्बुलेन्स सेवा शुभारम्भ भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाबाट ग्वाल्टार उपशाखाद्धारा सन्चालन हुने गरी बिरामीको आबश्यकता अनुसार स्वास्थ्यकर्मी सहित उपकारण जडान गरीएको (ख) वर्गको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिकाको ६ लाख र नेपाल रडक्रस सोसाइटी केन्द्रिय कार्यालय मार्फत आइएफआरसि द्धारा १५ लाख आर्थिक सहयोग बाट एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनु भयो ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा सारै कष्ट बेहोरीरहनु पर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)को भनाई छ ।
एम्बुलेन्सको सन्चालन,परिचालन र ब्यबस्थापन सम्बन्धि सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले जानकारी गराउनु भएको थियो । यसभन्दा अघि रेडक्रसले कमलामाई नगरपालिकामा सोहि प्रकृतिको एम्बुलेस पालिकाको समन्वयमा हस्तानतरण गरिसकेको छ । प्रत्यक पालिकामा एउटा “ख” वर्गको एम्बुलेन्स आबश्यकता रहेकाले अन्य पालिका सँग पनि समन्वय गरेर एम्बुलेन्स प्रदान गरिने सभापति श्रेष्ठले बताउनु भयो ।
उक्त एम्बुलेन्स गाउँपालिकाले निशुल्क गरेको लक्षित वर्ग गरेको भन्दा बाहेकलाई न्युनतम शुल्क सहित सेवा लिएर सन्चालन हुने छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२