सिन्धुली अस्पतालमा बिज्ञापन खुलाउँदा पनि आएनन् कर्मचारी

चैत्र ३०, सिन्धुली/सिन्धुली अस्पताल सिन्धुलीमा रिक्त दरबन्दी पदपुर्तिको लागि नवौँ तहका कर्मचारी माग गरेपनि कर्मचारी आउन मानेका छैनन् । अस्पतालले नवौ‌ तहका ६ जना, सातौँ तहका १ जना र पाँचौँ तहका ३ जना कर्मचारी माग गरेकोमा नवौ तहमा कोही पनि कर्मचारी आउन नमानेका हुन् ।
तलब थोरै भएको भनेर कर्मचारी आउन नमानेको सिन्धुली अस्पतालका सिन्धुलीका मेडिकल सुपरिटेण्डेन उमेश प्रधानको भनाई छ । उहाँले भन्नुभयो“कर्मचारीले तलब सोद्छन् सरकारको नियम अनुसार ४० दखि ४५ हजार सम्म उपलब्ध गराउँछौँ भनेपछि कर्मचारी नै आएनन् ।”
सिन्धुली जिल्ला ३ वटा ठुला राजमार्गले छुएको जिल्ला हो । बिपि राजमार्ग,मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग र भित्रि सडकमा दिनमा हजारौँको सँङ्ख्यामा सवारी साधन आवात जावत गर्दछन् । प्रायजसो दिनकै गम्भिर तथा सामान्य प्रकृतीका सवारी दुर्घटनामा परी अस्पतालमा आउने गर्दछन् ।
अस्पतालमा स्वास्थ्य उपकरणहरु भएपनि डाक्टर नहूदा उपकरण थन्काएर राख्नुपरेको अस्पतालका सुचना अधिकारी राजकुमार गोलेले गुनासो गर्नुभयो ।
मन्त्रालयले कर्मचारी पठाउन नसक्ने बिज्ञापन गरेर कर्मचारी माग गरेपनि कोहि पनि आउन नमान्दा अस्पतालमा बिशेषज्ञ सेवा प्रदान गर्न कठिन भएको मेडिकल सुपरिटेण्डेन प्रधानले बताउनु भयो । हाल सम्म कुनैपनि पालिकाले कर्मचारी ब्यबस्थापनको लागि पहल गरेका छैनन् ।
अस्पताल ब्यबस्थापन समतिल पटक,पटक अस्पलातमा डाक्टर पठाउन अनुरोध गरेपनि हाल सम्म सुनुवाई नभएको उहाँको भनाई छ । प्रत्यक दिन अस्पतालमा बिभिन्न प्रकृतीका २ सय देखि ४ सय ६० जना सम्म बिरामी उपचारको लागि आउने गरेको छन् तर बिशेषज्ञ नहूदा सेवा प्रवाहमा निकै कठिन हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *