भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना गम्भिर घाईते

चैत्र २९ सिन्धुली/सिन्धुलीगढी नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
विपि राजमार्ग अन्तगरगत कमलामई नगरपालिका वडा नं. ३ सिधुलीगढीको गेट नजिक सडकबाट करिब ५ सय फिट तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा भगवतीस्थान–८ मण्डिपुर, विआर, भारतका अन्दाजी ४२ वर्षीय गवर सिं, ३६ वर्षीय मनोज सिं, ३३ वर्षीय राकेश कुमार सिं र ३२ वर्षीय अविशेक सोनार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । दुर्घटनामा घाईते अन्दाजी ४७ वर्षीय धर्वेन्द्र कुमार सोनीको उद्धार गरि सिन्धुली अस्पताल ल्याइएकोमा थप उपचारको लागि बुधबार बिहान ट्रमा सेन्टर पठाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।
मृतकहरुको साथमा रहेको आधार कार्ड र घाईतेले बताए अनुसार पहिचान भएको प्रहरी उपरिक्षक सिलवालले जानकारी दिनुभयो । दुर्घटना राती करिब १२:३० बजेको समयमा भएको प्रहरीले जनाएको छ । मृतकको सब जिल्ला अस्पताल सिन्धुलीमा राखिएको प्रहरी उपरिक्षक सिलवालले जनकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *