मरिण गाउँपालिकाद्धारा प्राथमिक तहका नवप्रवेशी २६ जना शिक्षकलाई पदस्थापना पत्र वितरण तथा बधाई

चैत्र २४, सिन्धुली/मरिण गाउँपालिकामा प्राथमिक तहमा स्थायी नियुत्ति लिएका नवप्रवेशी शिक्षकहरुलाई पदस्थापना पत्र वितरण तथा बधाई ज्ञापन गरिइको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तन (प्रख्यात) र प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले स्थायी नियुत्ति लिएका नवप्रवेशी शिक्षकहरुलाई पदस्थापना पत्र वितरण तथा बधाई ज्ञापन गर्नुभएको हो ।

पदस्थापना पत्र वितरण गर्नुहूदै गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाको निति नियमको पालना गदैँ शिक्षित समाज निर्माणको लागि शिक्षकहरुको भुमिका अहम रहनुपर्ने निर्देशन दिनुभएको छ । शिक्षाको लागि मरिण गाउँपालिकाले उत्कृष्ठ बजेट बिनियोजन गरेकाले मरिण गाउँपालिकामा शिक्षाको स्तरमा उन्नती गर्नुपर्ने बताउनु भयो ।
राज्यले शिक्षामा अरबौँ बजेट बिनियोजन गरे पनि सरकारी बिद्यालयको शिक्षाको स्थितीमा सुधार नभएको अबस्थामा मरिणले आफ्नै निति निर्माण गरेर शिक्षा सुधारको लक्ष्य लिएकाले उक्त निति नियमको पालना गर्नुपर्ने उहाँले बताउनु भयो । मरिण गाउँपालिकामा प्राथमिक तहमा २६ जना शिक्षकहरु नियुक्ती भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *