फोहोर फाल्न बन्देज लगाएपछि सुन्दर देखिन थाल्यो बिपि राजमार्ग
चैत्र २३, सिन्धुली/बिपि राजमार्ग सुन्दर देखिन थालेको छ । यत्रतत्र फोहोर फाल्न बन्देज गरेपछि बिपि राजमार्ग झन हेरिरहुँ जस्तो सुन्दर देखिन थालेको हो ।
बिपि राजमार्गमा दिनहुँ चल्ने सवारी साधन बाट निस्कने फोहोर राजमार्गमै यत्रतत्र फालिदिने,राजमार्गमा पैदल हिड्ने ब्यक्तिहरुले बिभिन्न फोहोर फाल्ने,होटल,पसलहरुबाट निस्कने फोहोर सडकमै फालिदिदा हुँदा राजमार्ग एकदमै दुर्घन्धित तथा कुरुप देखिन्थियो ।
बिपि राजमागृको सुन्दरतालाई कायम राख्न कमलमाई नगरपालिका,डिभिजन बन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बृहत् सरसफाइ अभियान सन्चालन गरेसँगै राजमार्गमा फोहोर फाल्नेलाई नगद जरिवाना नै गर्ने नीति निर्माण गरेपछि राजमार्ग सुन्दर देखिएको छ ।
बिपि राजमार्गमा यात्रु बोकेर चल्ने सवारी साधनमा अनिवार्य रुपमा डस्बिन राखिनुपर्ने अन्यथा नियमलाई उल्घन गरी फोहोर राजमार्गमा फालेमा भोमिट ब्याग फाले ५ सय, जंक फुडका खोल फाले ३ सय ५० र अन्य फोहोर फालेमा २ सय रुपैयाँ जरिवाना सहित कारबाही गरिने नगरपालिकाले निति नै निर्माण गरेपछि हाल बिपि राजमार्गमा फोहोर देख्न पाइदैन । जसले गर्दा बिपि राजमार्ग हराभरा, सफा र सुन्दर दखिएको छ ।