साँसद दाहालको ध्यानाकर्षणमा सभामुख घिमिरेले सदनको बैठकमा ख्याल गर्नुपर्ने संसदीय मर्यादा सिकाए

चैत्र २३, सिन्धुली/माओवादी केन्द्रका सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)को ध्यानाकर्षण पश्चात सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यहरुलाई सदनको बैठकमा ख्याल गर्नुपर्ने संसदीय मर्यादा सम्झाएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले सदनलाई मर्यादित ढंगले सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गरेपछि सभामुख घिमिरेले सांसदहरुलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह गरेका हुन् ।
दाहालले भन्नुभयो थियो ‘‘यो सदनलाई अनुशासित र मर्यादित ढंगले सञ्चालन गर्न, अनुशासित र मर्यादित ढंगले आफ्ना कुराहरु राख्ने, गालीगलौजको स्तरमा होइन, निकृष्टताले तल झरेर होइन । कमसेकम यो सदनको मर्यादालाई, भूमिकालाई, अब्बलतालाई, श्रेष्ठतालाई कायम राख्ने गरी नै यो सदन सञ्चालन गर्न म सम्माननीय सभामुख महोदयज्यूलाई हार्दिक अपील गर्दछु ।’
यस्तै साँसद दाहालले आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा सम्बोधन गर्नुहुदै राष्ट्रिय भुमि आयोगलाई सक्रिय बनाउन माग गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ “अधिकारसम्पन्न राष्ट्रिय भुमि आयोग बनेको धेरै भयो । यसको जिल्लासम्म संरचना छ । हाम्रो सिन्धुलीको दोस्रो ठुलो शहर भिमानदेखि पूर्व अथवा पश्चिम दशौँ हजार घर छ । आलिशान महल छ, रिसोर्ट छ, वर्षौदेखि जमिन छ, घर छ, किनबेच हुन्छ, दशौँ लाख आनामा किनबेच हुन्छ, तर त्यो राजस्वको दायरामा आउँदैन । अव्यवस्थित बसोबास र भुमिहिन समस्या समाधान गर्ने उद्देश्यसहित बनेको यो राष्ट्रिय भुमि आयोग जो निस्क्रिय छ । यसलाई सक्रिय बनाउने कुरा र राजस्वको दायरामा ल्याएर सिन्धुलीमा मात्र अरबौँको राजस्व उठ्छ भने देशैभरी पुँजि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने, समस्या समाधान गर्न सम्माननीय सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *